दुबई र इजरायबीच प्रत्यक्ष उडान सुरु

दुबई । युनाइटेड अरब इमिरेट्स (युएई)को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ।

युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले विमान सेवा प्रारम्भ हुन लागेको जानकारी दिएका छन। यो उडान करिब ४ घण्टाको हुनेछ।

प्रधानमन्त्रीका प्रवक्ता ओफर गेन्डिलम्यानले ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहूले फ्लाइ दुबईका पहिलो उडानका यात्रुलाई बेन–गुरिओन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गर्नु हुने जानकारी दिएका छन।

युनाइटेड अरब इमिरेट्सले गत सेप्टेम्बरमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको थियो।

अमेरिकी अग्रसरतामा भएको यस्तो सम्झौता गर्ने खाडी क्षेत्रका मुलुकहरुमध्ये युएई तेस्रो हो। यसअघि सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनले इजरायलसँग कुटनीतिक सम्बन्ध कायम गरेका थिए।

फ्लाइ दुबईले दिनमा दुई वटा उडान भर्नेछ । इजरायली विमानसेवा कम्पनीहरु एल अल र इसरायर दुबैले अर्को महिनादेखि व्यापारिक व्यावसायिक उडान शुरु गर्ने अपेक्षा गरिएको छ।

युएईको राजधानी अबु धाबीमा मुख्यालय रहेको एतिहाद एयरवेजले भने आगामी सन् २०२१ को मार्चदेखि तेल अभिभको सिधा उडान गर्ने तयारी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button