मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कारको आरोपमा एक पक्राउ

बलदेब सिंह नायक / डडेल्धुरामा मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिकामा भएको घटनामा वडा नम्बर १ का ३४ वर्षीय टेक दमाई पक्राउ परेका हुन । पीडित महिलाको उजुरीको आधारमा निज युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

बलात्कार घटनामा अर्का एक व्यक्ति पनि संलग्न भएको आशंका प्रहरीले गरेको छ । ती युवकको खोजी गरिरहेको र घटना सम्बन्धी सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button