बैतडीको न्वालीमा भिरबाट लडेर १ जनाको मृत्यु

बलदेब सिंह नायक, बैतडी । बैतडीमा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका-५ न्वालीका अन्दाजी ४५ बर्षीय पदम भुलको भिरबाट लडेर ज्यान गएको स्थानीयहरुले जानकारी दिएका छन ।

बुधबार साझ ९ बजेको समयमा बनकाडा घर भएका भुल न्वाली बजारबाट घर जाने क्रममा भिटा भन्ने स्थानबाट खसेको बताईएको छ ।

स्थानियहरुले बिहिबार बिहान मृतक भुलको शब फेला पारेको स्थानिय दौलत राम लुहारले जानकारी दिए ।

मृतक भुलका ३ छोरा २ छोरी रहेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button