दार्चुलाको नेपाल-भारत सीमा जोड्ने झोलङ्गे पुल सातामा दुई दिन खुल्ने

बलदेब सिंह नायक, सुदुरपश्चिम् समाचार ब्यूरो । दार्चुला- कोभिड–१९ का कारण गत चैत ११ गतदेखि बन्द रहेको दार्चुलास्थित नेपाल-भारत सीमा जोड्ने झोलङ्गे पुल हप्तामा दुई दिन खोल्न शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा पुल बन्द हुँदा नेपाली मजदूर र विद्यार्थी मर्कामा परेको भन्दै सातामा दुई दिन पुल खुलाउन भारतीय पक्षलाई आग्रह गरेसँगै पुल खुलेको हो ।

पुल बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

दैनिक छ घण्टा पुल खुलेपछि सर्वसाधारण, मजदूर र विद्यार्थीलाईसमेत सहज भएको छ ।

कोभिड-१९ का कारण पुल नखुल्दा यहाँका स्थानीयवासीलाई बिहेबारी, औषधि उपचार, विद्यार्थीको पठनपाठन, रोजगारीलगायत दैनिक जनजीवनमा कठिनाइ उत्पन्न भएको भन्दै सबै पक्षबाट हप्तामा दुई दिन पुल खोल्ने प्रस्ताव आएको यिथो ।

पुल खुल्ने भएपछि सर्वसाधारणलाई सहज भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button