गुल्मीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु तीन घाइते (नामावलि सहित)

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघास तर्फ आउँदै गरेको लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वडा नं ४ का ६५ बर्षका डम्मब बहादुर धिताल, ३३ का चिबबहादुर दर्लामी, ३० बर्षको बशन्त दर्लामी, ३३ बर्षको धनबहादुर अछामी, मालिका ५ का बर्ष ८०की सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेहरुमा वडा नं ४ का १९ बर्षका फर्सुराम थापा, २८ बर्षकी सरस्वती दर्लामी र २६ का कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेहरुलाई तम्घास ल्याइदै गरेको प्रहरीले जनाएको छ । जीप सडक देखि अनियत्रित भई चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।