नेकपा सचिवालय बैठक शनिबार १ बजे बस्ने, अध्यक्ष ओलीको प्रस्ताव तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । बैठक भोलि दिउँसो १बजे बालुवाटारमा बस्ने जनाईएको छ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो ।

यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गरेका थिए । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएको र अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लाञ्छाना लगाईएको भन्दै विरोध भएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । मंसिर ३ गते बसेको बैठकमा ओलीले १० दिनको समय माग गरेका थिए । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेकाले भोलिको बैठकमा पेश हुनेछ ।

यसअघि अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको जवाफ समेटेर पार्टीको समस्या समाधानमा प्रस्ताव उन्मुख रहेको बालुवाटार स्रोतले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button