आज थप एक हजार ७ सय ३ जनामा कोरोना पुष्टि

नेपालमा थप एक हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।
साथै १ हजार ४ सय ३५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।