कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान

बलदेब सिंह नायक / १३, मंसिर २०७७ । कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन।

गत कार्तिक ८ गते जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ६ जना जिल्ला अदालतको आदेशपछि कारागार चलान भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बलात्कार आरोपमा पक्राउ परेका जानकी गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएको रातोपाटीन्यूजलाई जानकारी दिए।

उनका अनुसार सामूहिक बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको छ।

६ जना पुर्पक्षका लागि कारागार र २ जना बाल सुधार गृह पठाइएको भएपनि एकजना भने अझै फरार छन।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानले फरार रहेका चन्द्र शाहीको खोजी कार्य जारी राखिएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button