बैतडीको दशरथचन्द नगरपालिकाका मेयर सहित थप १८ जनामा कोरोना पुष्टि

बल्देब सिंह नायक, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापा सहित बैतडीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रमुख थापा सहित थप १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

यस्तै जिल्ला अस्पातल र स्वास्थ्य कार्यालयमा कार्यरत ३ जना स्वास्थ्यकर्मी, नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका एक जना, दुईजना श्रीलंकाली पर्यटक र दशरथचन्द नगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

कोरोना पुष्टि भएका स्थानीयहरु बजार क्षेत्रकै बढी रहेको उहाँले बताउनुभयो ।

शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ५५१ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button