बैतडी किशोरी बलत्कार घटना मिलापत्र प्रकरणः वडा अध्यक्षसहित थप ४ जना पक्राउ

बलदेव सिंह नायक / बैतडी, १४ मंसिर २०७७, आइतबार । बैतडीको सिगास गाउपालिकाकी किशोरी बलत्कार घटनालाई मिलापत्र गरेको आरोपमा वडा अध्यक्ष सहित थप ४ जना पक्राउ परेका छन ।
यस अघि मनोज सिह धामी र अमर सिह धामीलाई प्रहरीले पक्राउ गरेकोमा हिजो वडा नं ३ का वडा अध्यक्ष शेर सिह सावद सहित ४ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार किशोरीको जाहेरीको आधारमा वडा अध्यक्ष शेर सिह सावद, गाउपालिकामा कार्यरत रोजगार संयोजक राजेन्द्र धामी, शिक्षक नरेन्द्र धामी, स्थानिय गोपाल सिह धामीलई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो ।