मोबाइलमा ब्यालेन्स छैन ? नेपाल टेलिकमले निःशुल्क सेवा दिँदैछ

काठमाण्डौ । नेपाल टेलिकमले मोबाइलमा ब्यालेन्स सकिएकाहरुको लागि निःशुल्क सेवा उपलब्ध गराउने भएको छ ।

टेलिकमले लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसंग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउनेछ । टेलिकमले आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले त्यस्ता ग्राहकको विवरण संकलन भैरहेको जानकारी दिनुभयो। मंगलबारदेखि नै यो सेवा लागू हुनेगरी तयारी भइरहेकाे टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयाे । अधिकारीले भन्नुभयो, ‘लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’

टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ । प्याकेजको अवधि सात दिनको हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ ।

सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button