भोलिबाट काठमाडौं उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट मास परीक्षण सुरु हुने भएको हो ।
कोरोना संक्रमण संख्याका हिसाबमा काठमाडौँका मुख्य हटस्पट मानिएका क्षेत्रमा यस्त परीक्षण गरिने छ ।
जसमा अहिले कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका स्थान छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।बाशुदेव पाण्डेका अनुसार पछिल्लो समय संक्रमितहरु सरकारले सम्पर्कमा कम आउन थालेपछि यो टेस्टलाइ प्राथमिकता दिइएको जनाइएको छ ।