अछाममा बस दुर्घटना हुदा १ को मृत्यु, १७ घाइते

अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ ।

जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको हो । शव पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार अन्य १७ जना घाइते भएका छन । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button