स्पेनिस ला लिगा फुटबलः ओसासुनालाई पराजित गर्दै बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-0 ले पराजित गरेको हो ।
बार्सिलोनाका लागि मेस्सीले गोल गरेपछि अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाप्रति सम्मान प्रकट गरे । ३३ वर्षे मेस्सीले गोल गरेपछि बार्सिलोनाको आफ्नो जर्सी भित्र लगाएको म्याराडोनाको पूर्व क्लब न्यूवेल्स वल्ड बोइजको जर्सी सार्वजनिक गरे ।
उनले दुवै हात आकाशतिर उठाएर सम्मान प्रकट गरे । यो खेलमा मार्टिन ब्रेथवेट, एन्टोनी ग्रिजम्यान, फिलिप कोन्टिन्हो र लियोनल मेस्सीले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।