नेकपा सचिवालय बैठक: सुरक्षा चुनौतीको कारण देखाउँदै बालुवाटारमा पत्रकारलाई प्रवेश निषेध !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारलाई बैठकस्थल (प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार) प्रवेशमा रोक लगाइएको छ ।

सुरक्षाको कारण देखाउँदै प्रवेशद्वारमा तैनाथ सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई भित्र प्रवेश गर्न नदिएका हुन् ।

समाचार संकलनका लागि बैठकस्थल नजिक जान नदिएपछि पत्रकारहरुले विरोध जनाएका छन् ।

बालुवाटार भित्र छिर्न नदिएपछि पत्रकारहरु अहिले सडकमै रोकिएका छन् ।

पत्रकारहरुले अब बैठकमा भएको निर्णयबारे जानकारी दिन पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सडकमै आउनुपर्ने माग अगाडि सारेका छन् ।

यसअघि पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक सुरक्षा चुनौतीको कारण देखाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको थियो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली धुम्बाराही जान नमानेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरु बालुवाटार आएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button