स्थानियबाट निर्वाचित वडाध्यक्षले दिए राजीनामा

१६, मंसिर, २०७७ । डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन्।

आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन।

बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।

उनले आफु बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताएका छन्।

किन दिए वडा अध्यक्ष ऐरले राजीनामा ?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित भएका वडाध्यक्ष पुर्णबहादुर ऐरले सहकर्मीहरुले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताएका छ्न।

‘निर्वार्चित भएपछि मलाई असहयोग हुँदै आएको छ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट निर्वाचित भएका साथीहरुले मेरा राम्रा कामलाई वेवास्ता गर्ने, सधै खेदो खन्ने काम गरेका कारण राजीनामा दिन विवस भए’ उनले भने आफुलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उनको भनाई छ।

उनी भन्छन, ‘राजीनामा पेश भइसकेपछि स्वीकृत हुन बाँकी छ।

अब भने काम गर्ने सहज वातावरण मिलाइन्छ भने मात्रै पदमा बस्न सकिन्छ नत्र म बस्दैन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button