सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र एउटा साबुन निःशुल्क

काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले ई-कमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ ।

यस सहकार्यअन्तर्गत पेलेस एपको कुपन सेक्सनको खल्ती फुडबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरे ग्राहकले १० थान मास्क र एउटा साबुन निस्शुल्क पाउने कम्पनीले जनाएको छ ।

विश्वभरी फैलिदै गरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न र अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्री ग्राहकको घरमै पुर्याउन अनुमति पाएको छ । यसबाट ग्राहकले कोरोनाको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न थप मद्दत पुग्ने जनाइएको छ ।

यसका साथै भुक्तानी गर्दा नगद कारोबारबाट पनि कोरोना भाइरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सेलपेको मोबाइल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट अग्रिम भुक्तानी गर्न सकिने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button