नेकपा सचिवालय बैठक १ घण्टा पर सर्‍यो

काठमाडौं । आज (बुधबार) दिउँसो १ बजे बस्ने गरी तय भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक दिउँसो २ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा बैठकको समय १ घण्टा पर सारेर २ बजे बस्ने गरी तय भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कार्यव्यस्ततालाई समेत मध्यनजर गरी सचिवालय बैठक १ घण्टा ढिलो गरी शुरु गर्ने सहमति भएको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button