नेकपा सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित

काठमाडौं । सतारुढ दल नेकपाको सचिवालय बैठक मंसिर २० गते १ बजेसम्मका लागि स्थगित भएको छ। आज ढिलो गरी सुरु भएको सचिवालय बैठक जम्मा २० मिनेट बसेर सकिएको हो।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सारिएको थियो। तर,बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्।

यस्तै, नेकपाको स्थायी कमिटी बैठक मंसिर २१ गते सम्मका लागि सारिएको छ।

यसअघि मंसिर १८ गतेका लागि स्थायी कमिटीको बैठक तय भएको थियो ।तर नेकपाका अध्यक्षद्वयबीचको विवादले स्थायी कमिटीको बैठक सरेको हो।

पार्टीमा दुई पक्षबीच विवाद यथावत् भएकाले केही दिनका लागि स्थायी कमिटीको बैठक सारिएको हो। त्यसअघि मंसिर २० मा सचिवालय बैठक बस्ने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button