वडासचिवसँग ललितपुर महानगर विधायन समितिको छलफल

ललितपुर । ललितपुर महानगरपालिका विधायन समितिले वडामा रहेका समस्याहरुको समाधान गर्न वडासचिवहरुसँग आयोजना गरेको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त समितिले महानगरपालिकाका २९ वटै वडाका वडासचिवसँग समसामयिक समस्या र समाधानका विषयमा छलफल गर्न दुई दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा सहभागी भएका वडासचिवहरुले वडामा राखिने नागरिक वडापत्रमा एकरुपता हुनुपर्ने बताए ।

वडाले आ आफ्नै किसिमले नागरिक वडा पत्र बनाएकाले एकरुपता नभएको स्पष्ट पार्दै एकरुपताका लागि वडामा राखिने वडापत्रहरु महानगरपालिकाले नै तयार पार्नुपर्ने बताए ।

घटना दर्तामा पनि धेरै समस्या आउने बताउँदै त्यसको सम्बोधनका लागि ठोस निर्णय गर्नुपर्ने उनीहरुले औल्याए ।

बसाईसराई, विवाह दर्ता, जन्मदर्ता, धर्मपुत्रपुत्री सम्बन्धी विषयमा धेरै समस्या भएका वडाअध्यक्षहरुले गुनासो गरे ।

वडा सचिवहरुलाई पंजिकरणसम्बन्धी तालिम आवश्यक भएको उनीहरुले बताए ।

विधायन समितिका सदस्य सचिव तथा महानगरको कानुन महाशाखा प्रमुख खगेन्द्र प्रसाद वस्तीले कानुन संवत तरिकाले काम गर्नुपर्ने बताउँदै काम गर्दा समस्या देखिए नबाझिने गरी महानगरले कानुन निर्माण गर्ने बताए ।

विधायन समितिका संयोजक श्यामकृष्ण महर्जनले वडामा आएका समस्याहरुलाई समाधान गर्न प्रदेश र संघसँग नबाझिने गरी विधेयक बनाएर नगरसभामा प्रस्तुत गर्ने बताए ।

उनले कानुनसम्मत काम गर्न अनुरोध गर्दै काम गर्दा देखिएका समस्या समाधानका लागि प्रमाण जुटाएर वा नयाँ कानुन बनाएर काम गर्न सकिने बताए ।

विधायन समितिको सदस्यमा रामकुमारी लिम्बु, पुण्यकुमारी शाक्य छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button