प्रहरीचौकीमै झडप, ६ जना पक्राउ

१७, मंसिर २०७७ बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-५ बलारामा प्रहरी चौकीमा दुई समुहबीच झडप भएको छ |

स्थानीय गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्काएको निहुमा दुई समुहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको हो ।

झडपमा परी पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए उनका अनुसार, घाइतेलाई उपचारका लागि धनगढी रेफर गरिएको छ ।

चौकीमा झडप गर्नेमध्ये ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button