विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ९८ हजार नाघ्यो

काठमाडौं । विश्वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख २२ हजार ४४० जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार २४९ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ९८ हजार २४२ पुगेको छ। अहिलेसम्म चार करोड ४९ लाख पाँच हजार २०५ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा हाल एक करोड ८४ लाख सात हजार ४०४ सक्रिय संक्रमित छन्। भने एक लाख छ हजार ९२ जना गम्भीर बिरामी छन्।