बैतडीबाट जन्ती लगेको गाडी कैलालीमा दुर्घटना, १३ जना घाइते

बैतडी / १८ मंसिर २०७७, बिहीबार । बैतडीबाट जन्ती लगेको गाडी कैलालीमा दुर्घटनामा परेको छ।

भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा बैतडीबाट जन्ती लिएर कञ्चनपुर जादैं गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी दुलाहदुलहीसहितका १३ जना घाइते भएका छन्। उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परी दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्।

उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button