३ दिनभित्र कोरोना बिमाको रकम दिन सरकारको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन दिएको छ।
साथै यसबारे मन्त्रालयलाई नियमित जानकारी गराउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
गत कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि मन्त्रालयले यस्तो ताकेता गरेको हो ।
विमा कम्पनीहरुलाई यस्तो छ मन्त्रालयको निर्देशन