प्रधानाध्यापकहरु भन्छन्: विद्यालयको पूर्वाधार अपांगतामैत्री छैन

ललितपुर । ललितपुर महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयको भौतिक पूर्वाधार अपांगतामैत्री बनाउनु पर्ने बताएका छन् ।
उनीहरुले भर्खरै बनेका भवनको भुँई तल्ला मात्रै अपांगतामैत्री भएको बताउँदै माथिल्लो तल्लामा रहेका कक्षामा अपांगता भएका विद्यार्थीलाई सकस हुने बताए ।
ललितपुरले महानगरपालिकाले अपांगता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवस २०२०को अवसरमा आयोजना गरेको अपागंता भएका बालबालिकको शिक्षामा पहुँच विषयक भर्चुअल छलफलमा उनीहरुले उक्त कुरा बताएका हुन् ।
प्रगतिशिक्षा सदनका प्रधानाध्यापक सूर्य घिमिरले पुराना संरचना अपांगतामैत्री नहुँदा पठनपाठनमा नभएको बताए ।
अपांगतामैत्री संरचना नहुँदा अपांगता भएका विद्यार्थीलाई आवतजावतमा नै समस्या भएको बताए । उनले नयाँ संरचना पनि भुइँ तल्ला मात्रै अपांगतामैत्री भएको बताए दिए ।
त्रिपद्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कदमवावा प्रधानले विद्यालयको भौतिक संरचनालाई अपागंतामैत्री बनाउनुपर्ने धारणा राखीन् ।
उनले नयाँ संरचनाको भुँइ तल्ला मात्रै अपांगतामैत्री भएको बताए ।
नमूना मछिन्द्र विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले अपांगतामैत्री संरचना भएमात्रै उनीलाई प्रभावकारी तरिकाले शिक्षण गर्न सकिने बताए ।
संरचनाको अभावका उनीहरुको सिकाई नै प्रभावित हुने धारणा राख्दै त्यस्तापूर्वाधार निर्माणका लागि महानगरले ध्यान दिनुपर्ने बताए
मदनस्मारक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल अपांगतामैत्री संरचनाले अपांगता भएकाहरुको मनोबल बढ्ने धारणा राख्दै त्यस्ता संरचना निर्माणका तत्काल सुरु गर्नु पर्ने बताए ।
बालविनोद माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव खतिवडाले अपांगता भएका व्यक्तिहरुको मनोबल बढाउन भौतिक संरचना अपांगतामैत्री हुनुपर्ने धारणा राखे ।
उनले विद्यालयको पुराना संरचनाहरु अपांगतामैत्री बनाउनुपर्ने बताए ।
आदर्श सौल माध्यमिक विद्यालयका सरोज आचार्य भौतिकपूर्वाधारले विद्यार्थी र शिक्षकको आत्मविश्वास बढाउने बताउँदै अपांगता भएकाहरुलाई प्रेरित गर्न अपांगतामैत्री संरचना निर्माण गर्नुपर्ने धारणा राखे ।
चण्डी आर्दश माध्यमिक विद्यालयका कुलबहादुर विश्वकर्माले सहज तरिकाले पठनपाठन गराउन विद्यालयको संरचना अपांगतामैत्री हुनुपर्ने बताए ।
उक्त अन्तक्र्रिया कार्यक्रममा महानगरभित्रका सामुदायिक विद्यालयका १५ जना प्रधानाध्यापकहरुको सहभागिता थियो । ललितपुर महानगरपालिकाभित्र ४० वटा सामुदायिक विद्यालय छन् । उक्त अन्तक्र्रिया कार्यक्रमको सहिजकरण शिक्षा महाशाखाप्रमुख महेन्द्र क्षेत्रीले गरेका थिए ।
उनले विद्यालयको भौतिक पूर्वाधार अपांगतामैत्री बनाउनु अत्यन्तै आवश्यक भएको बताए ।
महानगरले यो दिवस मनाउन महानगरका उपप्रमुख गीता सत्यालको संयोजकत्वका मूल समारोह समिति गठन गरेको छ ।
महानगरको २९वटै वडामा अपांगता बुझाउने र अपांगतालाई सम्बोधन गर्दा प्रयोग गरिने मर्यादित शब्दहरु लेखिएको बोर्ड राखिनेछ । त्यसैगरी अपांगता भएका खेलाडीहरुसँगको अन्तक्र्रिया कार्यक्रम राखेको छ । महानगरभित्र बनेका अपांगता मैत्रीपार्कहरु अवलोकन कार्यक्रम समेत छ ।
उपप्रमुख गीता सत्यालले ललितपुर महानगर अपांगता भएकाहरुको अधिकार संरक्षण र हितका लागि संवेदनशील भएको बताइन् । महानगरले अपांगतासम्बन्धी कार्यविधि ल्याएको बताउँदै अपांगता परिचय पत्र वितरण गरेको जानकारी दिइन ।
महिला,बालबालिका महाशाखा प्रमुख महेश्वरी रावल विष्टले महानगरले यो दिवसको छुट्टै नारा तय गरेको बताइन् ।
‘ललितपुर महानगरपालिकाको प्रतिबद्धता , दिगो विकासमा अपांगता भएका व्यक्तिहरुको समान सहभागिता ’ महानगरको नारा हो ।
यो नारामा केन्द्रित भएर वर्षभरि कार्यक्रम गर्ने उनले स्पष्ट पारिन् ।