दिवा स्याहार केन्द्रले २९औं विश्व अपाङ्गता दिवस भव्यताका साथ् मनायो

कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ २९औं विश्व अपाङ्गता दिवस-२०२० भव्यताका साथ् सम्पन्न भएको छ ।
चितवन भरतपुर-२६, ज्योतिनगरमा रहेको मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूहले संचालन गरेको दिवा स्याहार केन्द्रले पनि २९औं विश्व अपाङ्गता दिवस-२०२० विभिन्न कार्यक्रम गरि मनाएको हो ।
प्रमुख अतिथि रोमहर्ष पाैडेल रहनु भएको उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका घरपरिवारले राम्रो व्यवहार गरे तापनि समाजका अन्य नागरिक तथा हामी मानवले निर्माण गरेका मानवीय अवरोधका कारण अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा निकै चुनौती रहेको कुरा कार्यक्रममा उपस्थित वक्ताहरुको भनाई थियो ।
यसै कार्यक्रमका बिच स्याहार केन्द्रका वालबालिकाहरुलाई नरेश कुमार प्रधानले तिमीसँग अन्विका साथमै राखि २-२ थान न्यानो पोशाक वितरणमा सहयोग गर्नु भयो साथमा लियो क्लव अफ बालकमारी कलेजका छात्राहरुले ‘अ मुमेन्ट अफ डिफ्रेन्टलि यवल्ड चिलड्रेन’ पनि संचालन गर्नु भयो ।
उक्त कार्यक्रममा कृष्ण प्रसाद घिमिरे, टुकमान गुरुङ, राम कुमार दराई,आत्माराम पाैडेल लगायत जस्मिना भण्डारीले दिवा स्याहार केन्द्रले समाजमा एक सर्हानिय कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको संस्थाको अध्यक्ष लक्ष्मिकान्त घिमिरेले जानकारी गराउनुभयो ।