कैलालीका तत्कालीन डीएसपी चौधरी निलम्बित

इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
‘गृह मन्त्रालयले उहाँलाई निलम्बन गरेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘छानबिनको क्रममा उहालाई निलम्बन गरिएको हो ।’ उनलाई मंसिर १२ गते गृह मन्त्रालयले निलम्बन गरेको हो ।