काँग्रेसले २९ गते सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं । कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तनहुँ घटना र सर्वसत्तावादी चिन्तन एवं शृङ्खलाबद्ध भ्रस्टाचारका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए।

यस्तै काँग्रेसले ज्वलन्त मुद्दाहरुमा छलफल गर्न अविलम्ब संसद बैठक बोलाउन सरकार र सभामुख समक्ष माग समेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button