बृहत जनसहभागिताका साथ रक्तदान कार्यक्रम सम्पन्न

बाँके/ किशोर शाही । राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिकाको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।
युवा संघले कोरोना माहामारीले बिश्व आक्रान्त भइ रगतको अभाव र विभिन्न किसिमका बिरामीहरुलाइ रगत अत्यावश्यक परेकोले सो गम्भीर खाँचो पूरा गर्ने उदेश्यले शुक्रबार रक्तदानको आयोजना गरेको हो।
बाँके युवा संघका संयोजक कुश्माखर बस्यालले यो कार्यक्रम लुम्बिनी प्रदेशमा इतिहासकै पहिलो ऐतिहासिक काम भएकोले यस पुण्यको कार्यमा “रगतदान जीवनदान” भनी सहयोगि मन र उपस्थित सहभागी सबैलाई धन्यवाद ज्ञापन दिनुभयो ।
कार्यक्रमका सभापति तथा बैजानाथ गाउँपालिका युवा संघ संयोजक अगन मल्लले सो कार्यक्रम नितान्त गाउँपालिका स्तरिय भए पनि यति बृहत जनसहभागी अकल्पनीय रहेको बताउनु भयो ।
उहाँले मुलतः यो रगतदान गरिब अशक्त, पहाडी मुलुक, विभिन्न ठाउँबाट आएका अति सिकिस्त बिरामीहरुको लागि प्रदान गरिने बताएका छ्न।
उक्त कार्यक्रममा ३४५. पोइन्ट रगत संकलन भएको रक्त सन्चार सेवा इकाइ बाँकेका प्रमुख राजेन्द्र कुमार महतराले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, विद्यार्थी, सामाजिक संघसंस्था र वित्तीय संघसंस्थाका प्रमुख लगायतको बृहत् जनसहभागीता रहेको थियो ।