ओली र प्रचण्डबीच झन्डै १ महिना पछि एक्ला–एक्लै वार्ता

काठमाडौं । एक्ला–एक्लै भेट नभएको झन्डै १ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड शनिबार दिउँसो बालुवाटार पुगेका हुन् ।

शनिबार नै दिउँसो नेकपा केन्द्रीय सचिवालयको बैठक बस्ने तय छ । सचिवालय बैठक अगाडि दुई अध्यक्षबीच एक्ला–एक्लै भेटवार्ता भएको हो ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गतेको केन्द्रीय सचिवालयको बैठकमा १९ पुष्ठको ‘राजनीतिक प्रतिवेदन’ पेश गरेपछि दुई अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ ।

आफूमाथि ‘गम्भीर आरोप’ लगाएर ल्याइएको प्रचण्डको प्रतिवेदनको जवाफ दिँदै ओलीले पनि सचिवालय बैठकमा अर्को प्रतिवेदन पेश गरेका छन् ।

मंसिर १६ गते (मंगलबार) बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि बुधबार सचिवालय बैठक बसेपनि ओली अनुपस्थित भएका थिए ।

ओलीको अनुपस्थितिको कारण देखाउँदै प्रचण्डले आज (शनिबार) सम्मका लागि सचिवालयको बैठक स्थगित गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button