नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

काठमाडौं । निर्णायक मानिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको उपस्थितीमा बालुवाटारमा बसिरहेको छ।

दिउँसो सवा १ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा अध्यक्ष ओली पनि सहभागी भएका हुन्। आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक्लाएक्लै भेट भएपछि प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी भएका हुन।

दुई अध्यक्षबीचको छलफलले सहमतिको वातावरण बनाएको र त्यसबारे आजको बैठकमा छलफल हुने बताइएको छ।

यसअघि १७ गते बसेको बैठकमा ओली सहभागी नहुँदा बैठक आजका लागि सारिएको थियो। १७ गतेको बैठकले प्रधानमन्त्री ओलीलाई आजको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको थियो।

नेकपाले भोलिका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button