राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। शनिवार राष्ट्रिय नागरिक आन्दोलनको नेतृत्वमा काठमाडौँमा प्रदर्शन भएको हो।

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा विभिन्न नारा लगाएका थिए। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ। कोणसभामा बोल्ने वक्ताहरुले संघीयताको विकल्प खोजिनु पर्ने बताएका छन्।

सभामा आगामी फागुन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन सुरु गर्ने जानकारी समेत दिइएको थियो । साथै जनताको आन्दोलनको नेतृत्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अगाडि आउन समेत अपील गरेका छन्।

पछिल्ला दिनमा देशका विभिन्न ठाँउमा राजतन्त्रको पक्षमा प्रदर्शन हुँदै आइरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button