बैतडी जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना

बल्देब सिंह नायक, २० मंसिर २०७७, बैतडी / जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर सहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातलमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।
कोरोना भाईरसका जटीलका खालका बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गरिएको डा. जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गरेका छौं ।’ जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ ।
आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा. जोशीले बताउनुभयो । आइसियु सञ्चालनका लागि बिशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा आइसियु सञ्चालनमा समस्या आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘आइसियु कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने बिशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।’