नेकपाको सचिवालय बैठक सकियो, सहमति जुटाउन असफल

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालयको बैठक सम्पन्न भएको छ।
केहिबेर अघि बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
भोली १ वजे स्थायी समिति बैठक वस्ने गरी सचिवालयको वैठक सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ४ घन्टाको छलफलपछि बैठक सकिएको हो।
आजको बैठक पार्टीभित्रको अन्तरविरोध हल गर्ने बिषयमै केन्द्रीत रहेको उनले बताए।
दुई अध्यक्षबीचको करिब आधा घन्टा वान–टू–वान वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको थियो।
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।
सहमति जुटाउन नेकपा सचिवालय असफल
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लगिने भएको छ।
सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो।
आजको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आइतबार एकबजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्ने । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन।
यो सँगै अब दुई अध्यक्षका प्रतिवदेनमाथि स्थायी समितिमा छलफल हुने छ।
अहिलेसम्म दुवै अध्यक्षको प्रस्ताव फिर्ता हुनुपर्ने अडानमा रहे पनि शनिबारको बैठकले दुबै प्रस्तावलाई स्थायी कमिटीमा लैजाने निर्णय गर्नुले नेकपामा थप विवाद चर्किने देखिएको छ।