९ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताललाई शनिबार राति प्रहरीले ९ वर्र्षीया बालिका पक्राउ गरेको अभियोगमा पक्राउ गरेको हो।
धितालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।