कडा सुरक्षाबीच नेकपा बैठक सुरु, ओली गएनन्

काठमाडौं । कडा सुरक्षाघेराबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु बैठकमा प्रधानमन्त्री एव‌ अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन् ।

बैठक कक्षको हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले जानकारी दियो। यसअघि प्रधानमन्त्री ओलीले आइतबार बिहान चिकित्सकहरुसँग जोखिमबारे छलफल गरेको स्रोतको भनाइ छ ।

स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।

यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ। यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।

बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्। बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहोर्‍याएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button