ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नगर्न भन्दै पठाए पत्र

काठमाडौं । लामो समयपछि आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।

अर्को बैठक यहि मंसिर २८ गते बस्ने छ। कडा सुरक्षाका बीच सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली भने सहभागी भएनन्।

आफू सहभागी नभएपनि प्रधानमन्त्री ओलीले पत्र पठाएर आफ्ना धारणा राखेका छन्। उनले स्थायी समिति बैठकमा पठाएको पत्र उपप्रधानमन्त्री इश्वर पोखरेलले वाचन गरेर सुनाएका थिए।

ओलीले पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने उल्लेख गरेका छन।

आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र सम्बोधन गरेका थिए।

पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची तय गरिएको छ । अब स्थायी कमिटी बैठक मंसिर २८ गते र केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button