नेकपाको बिवादले गणतन्त्र बिरोधी उत्साहित: पूर्वगृहमन्त्री शर्मा

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा नेकपाका नेता जनार्दन शर्माले छुट्टै प्रस्ताव पेश गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई सम्वोधन गर्दै पेस गरेको विशेष प्रस्तावमा उनले सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को नाम परिर्वतन गरेर नेपाल मात्र राख्दा गणतन्त्र विरोधी उत्साहित भएको उल्लेख गरेका छन्।

आफ्नो प्रस्तावमा नेता शर्माले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको उल्लेख गरेका छन्।

‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ’ उनले प्रस्तावमा भनेका छन्।

पूर्वमन्त्री र गृहमन्त्रीसमेत रहेका शर्माले स्थायी कमिटि बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गर्नसमेत आग्रह गरेका छन्।

यस्तो छ नेता शर्माको प्रस्ताव

अध्यक्षद्वय,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

विषय : बिशेष प्रस्तावमा तत्काल छलफल गर्ने बारे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघिय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन ।

यस विचमा सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णय बाट उत्साहित गणतन्त्र विरोधिहरु आज खुलेआम संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन।

नेकपाको सरकार र गृह प्रशासन यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको छ ।

बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ।

यसबाट नेपाली जनतामा ठुलो असन्तुटि पैदा हुँदै जाने सन्र्दभमा नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गरौ।

जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउने बारे हाम्रो नेतृत्व स्पष्ट नै छ। तसर्थ संघियताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटि लाई संबोधन गर्न अव ढिला गर्नु हुदैन।

मुख्य गरी कोभिड महामारी बारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरस बाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नु पर्दछ। अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गर्नु पर्दछ ।

म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि यो विशेष प्रस्ताव प्रस्तुत गर्दछु।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button