वामदेवका सल्लाहकारको काउन्टर जवाफ- सूर्य थापाको पेशा नै दलाली र चाकडी गर्ने हो

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद उग्र बन्दै जाँदा त्यसको असर जनवर्गीय संगठन र सचिवालयमासमेत परिरहेको छ।
नेताका सचिवालयमा रहेकाहरुले शीर्ष नेतामाथि आक्षेप र लाञ्छाना लगाइरहेका छन् । यसकै पछिल्लो श्रृंखलामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उपाध्यक्ष वामदेव गौतमको तस्वीर राख्दै सामाजिक सञ्जालमा गरेको एक पोस्टलाई लिन सकिन्छ ।
थापाले केही समय अघिमात्र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि सामाजिक सञ्जालमार्फत आरोप लगाएका थिए ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई घेरावन्दीमा पार्न खोजेको आरोप लगाउँदै गर्दै थापाले बेलाबखतमा आफ्नै पार्टीका नेतामाथि आक्रोश पोख्ने गरेका हुन् ।
प्रचण्ड माधव कुमार नेपाल समूहले ओलीलाई दुई अध्यक्ष एक पदबाट हटेर त्याग गर्न दवाव दिइरहेका छन्, तर ओलीले त्यसलाई स्वीकार गरिरहेका छैनन् ।
सचिवालयमा बहुमत सदस्यहरु प्रचण्ड नेपाल समूहमा रहेका छन् । जसमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको काउन्टरमा राजनीतिक प्रस्ताव पेश गरेको दिनको सचिवालय बैठकमा ओलीले बोलेका कुरा हुबहुँ सार्वजनिक भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले बैठकमा गरिएका विषयलाई पीडिएफ बनाएर सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै आलोचना भएको थियो ।
जसका कारण उपाध्यक्ष वामदेव गौतमले थापालाई सचिवालयबाट हटाउनसमेत माग गरेका जनाइएको छ ।
यसैबीच थापाले सामाजिक सञ्जालमा नेता गौतमको डिभाइडन नाघिरहेको तस्वीर राख्दै को कस्तो तस्वीर काफी छ भन्दै ब्यंग गरेका थिए ।
उनले सामाजिक सञ्जालमा वामदेवको मानमर्दन गर्दै पोस्ट गरेपछि गौतमको सचिवालय पनि चुप लागेर बस्ने कुरा भएर । उपाध्यक्ष गौतमका सहयोगी विश्वमणी सुवेदीले पनि थापाको आलोचना गरिहाले । उनले थापाको पेशा नै दलाली र चाकरी गर्ने भएको आक्षेप लगाए।