सभामुख सापकोटाद्वारा संसद पुस्तकालयको निरीक्षण

काठमाडौं, २३ मंसिर ।  सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेमा जोड दिनु भएको छ ।

आज संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाव दिनु भयो ।

उहाँले आफ्नो र संसद सचिवालयको तहबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सँस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन छ ।’

सभामुख सापकोटाले नयाँ नयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै रहेको चर्चा गर्दै समयानुकूल परिवर्तन गर्दै ‘इ–लाइब्रेरी’का लागि गरिएको तयारीप्रति खुसी व्यक्त गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button