शिक्षक हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले मोरङको मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नहरुलाई चाँडो भन्दा चाँडो कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

श्रेष्ठको मंगलबार बिहान हत्या भएको थियो। उक्त हत्याको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ।

सोही घटनाबारे समिक्षा गर्न गृहमन्त्री थापाले सुरक्षापरिषद्को बैठक बोलाएका थिए।

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सुरक्षा अधिकारिहरु सहभागी थिए।

२०७५ फल्गुनमा सरकारले प्रतिबन्ध लगाए पछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भुमिगत रुपमा गतिविधि गर्दै आइरहेको छ। हिजो मात्रै मोरङमा शिक्षक श्रेष्ठको मृत्यु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button