पूर्व सांसद कमानसिं लामाको निधन

काठमाडौं । पूर्व सांसद कमानसिं लामाको निधन भएको छ । कोरोना संक्रमणका कारण शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत लामाको गतराती निधन भएको हो ।
नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी भएका थिए ।
संविधानसभा विधायकसमेत रहेका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिन्थे।
वौद्धिक व्यक्तिको रुपमा चिनिएका लामा दक्षिण कोरियाका लागि राजदूतसमेत बनेका थिए ।