बैतडीमा जीप दुर्घटना

बैतडी २५ मंसिर २०७७ । बैतडीमा जीप दुर्घटना भएको छ।
जिल्लाको पाटन नगरपालिका १० स्थित डैसिलिमा बिहीबार विहान जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी चालक डडेल्धुरा अमरगढी नगरपालिका–७ का २७ वर्षीय वीरबहादुर भण्डारी घाइते भएको प्रहरीले जनाएको छ। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
पाटन नगरपालिका १० उकल्लीबाट विप्याकटालतर्फ गइरहेको म१ज ३५६ नम्बर नमस्ते शुक्लाफाँटा यातायातको जीप डैसिलिमा दुर्घटनामा परेको हो।
दुर्घटनाग्रस्त जीप सडकबाट अन्दाजी १२० मिटर तल खसेको छ।
उकालो सडकमा जीप ब्याक भएर बे्रेक नलाग्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
जीपमा चालक मात्रै सवार रहेका खोडपे प्रहरी चौकीले जनाएको छ।