विप्लव समूहद्वारा हत्या गरिएका शिक्षकको दाहसंस्कार

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा हत्या गरिएका मोरङका शिक्षकको आज (बिहीबार) दाहसंस्कार गरिएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरी जंगलमा लगेर घाँटी रेटी हत्या गरेका थिए ।

श्रेष्ठको बिहीबार दिउँसो मिक्लाजुङ गाउँपालिका–७ स्थित नुनसरी खोलामा बिहीबार अन्त्येष्टि गरिएको हो । दिवंगत श्रेष्ठको पार्थीव शरीरमा छोरा छत्रबहादुरले दागबत्ती दिएका छन् ।

श्रेष्ठको अन्त्येष्टिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदसहित राजनीतिक दलका नेतालगायतको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button