उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा

काठमाडौं । हाल दक्षिणपूर्वी अरेबीयन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ ।

हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै हिमाली भू–भागमा हल्कादेखि मध्यम रुपमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button