जीवनमा परित्यक्तहरूको आशाः आशा नेपाल

ललितपुर जिल्लाको गोदावरी नगरपालिका, टौखेल वडा ३ स्थित आशा नेपालको घर असहाय, समाजबाट परित्यक्त, दुसाध्य रोग लागेका व्यक्तिहरूका लागि आशाको घर बनेको छ । तर यो घर र संस्था यत्तिकै आजको अवस्थासम्म आइपुगेको छैन । यसको पछाडि २२ वर्षको संघर्ष र कष्टको कथा व्यथा छ । प्रस्तुत छ, उनै आशा नेपालका संस्थापक तथा निर्देशक विमला थापासँग यस अनलाइनका सम्पादक निरोज तोलाङेले गरेको कुराकानीको सम्पादित अंश ।

पहिला यहाँको सामाजिक सेवाका बारेमा कुरा गरौँ । आशा नेपालमा कस्ता दिदीबहिनीहरूलाई सेवा दिइराख्नुभएको छ ?

खास सुरुमा हामीले नेपाली चेलीहरू जो भारतको बम्बईमा विभिन्न स्थानमा बेचिएकाहरूलाई नै उद्धार
गेरेर ल्याउने भनेर एउटा मिसन अभियान थियो, पछि कति वटा कुराले अप्ठयारो परिस्थिति आयो । त्यसले गर्दा रोकियो पनि तर मेरो काम निरन्तर भइराखेको थियो । अनि विशेष गरी आशा नेपाल बेचिएका दिदीबहिनीहरूको पुर्नस्थापना र सशक्तिकरण कै लागि स्थापना भएको हो ।

आजभोलि चाहिँ हामी नेपालमा धेरै दुःख पाएका मानिसहरू जो सडकमा आइपुगेका, बलात्कारमा परेकाहरू र फेरि गाउँमा धन्दामा लगाइदिएकाहरूको उचित वासस्थानका लागि उनीहरूको पुर्नस्थापना र सशक्तिकरणका लागि तथा सबैका दीनदुःखीहरूका लागि सेवा गर्न तयार छौं ।

अहिले कति संख्यामा कति प्रकारका व्यक्तिहरूलाई सेवा दिइराख्नु भएको छ ?

अहिले हामीकहाँ एचआईभी हुने व्यक्तिहरू त भइहाल्यो । अब सडकमा रही आएका विभिन्न कुलत तथा र्दुव्यसनबाट आउनेहरू र बम्बईबाट आएका विभिन्न नेपाली चेलीहरूलाई पनि एचआइभी हुन्छ । क्यान्सर भएका अनि विभिन्न रोगहरू लागेकाहरूको पनि यस संस्थामा कमी छैन ।

अपंगाता भएकाहरू पनि छन् । यी सबैलाई निस्वार्थ सेवा दिइराखेको छु र हाल हामीले जेलमा भएका बुबाआमाका बालबालिकाहरूलाई, आपतविपतमा परेका बालबालिकाहरू जस्तै कि आमाबुबा कोही जेल पर्यो भने बालबालिकाहरू अनाथ बन्नेरहेछन् । उनीहरूलाई पनि मध्यनजर गर्दै मकवानपुरमा हामीले एउटा बाल गृह स्थापना गरेका छौं ।

नेपालगञ्जमा पनि चेलिबेटी बेचबिखन, मानव तस्करी रोक्न तथा उद्धार गर्न, सीमामा खेल्दाखेल्दै त्यहाँबाट हराएका बालबालिकाहरूको खोजतलास गर्ने अनि त्यहाँ गएर अरू संस्थासँग मिलेर गएर उद्धार गरी ल्याउने र परिवारलाई जिम्मा लगाउने संस्था त्यहाँनिर छ । तर उनीहरू घर जाने अवस्था छैन, परिवार भेटिएन भने यहाँ काठमाण्डौमा ल्याउने अनि आफूले त्यसलाई कसरी हुन्छ हेरविचार गर्ने र समाजमा पुर्नस्थापना गर्ने कार्य गर्छौं ।

यसरी सेवा सुरु गर्दा तपाईंको सुरुको अवस्थातिर फकिएर जाऊँ । तपाईं इसाई पनि हुनुहुन्छ यसमा इसाई समुदाय वा संघसंस्थाबाट के कस्तो साथ पाउनुभयो । थोरै बताइदिनुस् न ।

हो म ख्रीष्टियन हुँ । पहिलाचाहिँ यो संस्था सुरु गर्दा ख्रीष्टियन समुदायका अगुवाहरू थिए सबै ख्रीष्टियनहरूले नै गर्दा यो संस्था सुरु गरेको हो ।

म त सानो मान्छे मलाई तिमी बम्बईमा गई सेवा गर्छौं भन्दा कोही पनि जान नमान्दा म जान्छु भनेर गएँ । तर पछि बिचमा आएपछि विभिन्न किसिमका घटनाहरू मेरो परिवारमा घट्दा खेरी हाल सबै अगुवाहरूबाट खासै केही सहयोग पाएको छैन भन्दा पनि हुन्छ ।

तपाईको अहिलेको संस्थागत अवस्था कस्तो छ ?

अहिलेका युवा पुस्ताले त मलाई र मेरो कामलाई राम्रै सँग हेरिराखेको छ । प्राय जसले पनि दिदी तपार्इंले गरेको कामले हामी धेरै प्रभावित भएका छौं अघि बढ्नुस्, हामी साथमा छौं भन्छन् ।

तपाईंहरू जस्तो मिडिया र संचारकर्मीहरूले पनि हामीलाई साथ सहयोग गरिराख्नुभएको छ त्यसकारण म खुशी छु । तर पहिलाको पुस्ताले मलाई र मैले गरेको कामलाई सिधै अस्वीकार गर्छन्, विरोध अहिले पनि छ र बोल्न नसक्ने गरी नै घुमाउरो पाराले भनिराखेका हुन्छन् ।

धेरै दुःख गरेर धेरै समस्या पार गर्दै यहाँँसम्म तपाईंले यो अवस्थामा यस संस्थालाई लिएर आउनुभयो । तर संस्थागत रूपमा सामाजिक सेवा गर्दा सरकारी स्तरबाट के कस्तो उत्साह प्रोत्साहन गर्ने के कस्तो अवस्था छ ?

निस्वार्थ रुपमा सामाजिक सेवा गर्न त्यति सजिलो छैन् । यो कस्तो छ भन्दा खेरी सरकारको, संघसंस्थाको, पारिवारिक होस या चाहे छरछिमेकीको कुरा होस जहाँ पनि मान्छेले सही तरिकाले काम गर्छ र असत्य, अन्यायको विरुद्धमा बोल्छ, लड्छ, त्यो मान्छेलाई कुनै पनि ठाउँमा सजिलो छैन नत उत्साह न प्रोत्साहन नै ।

यो मेरो भोगाइ हो, र अब हाम्रो समाजको कतातिर त्यो माहोल गइराखेको छ की त्यो असत्य छ भनेर जान्दाजान्दै पनि त्यतातिर हो भन्दै गइराख्यो भने त्यो मानिसलाई काम गर्न सजिलो हुन्छ र त्यो मान्छे निकै सजिलोसँग माथिल्लो स्थानमा पुगेको पनि मैले देखेको छु । तर केही छिनको लोभ र लाभले हामी चाँडै माथि पुगौला तर एकदिन सत्य सबैले देख्छन् र थाहा गर्छन् ।

तपाईं सबै पीडालाई भोगेर यहाँसम्म आउँदा तपाई समाज कल्याण परिषद्को सदस्य जस्तो गरिमामय पदमा समेत पुग्नुभयो । त्यहाँसम्म कसरी पुग्नुभयो ?

माफ गर्नुहोला मलाई अहिले साल याद भएन तर ४ वर्ष जति अगाडि त्यती बेला चुरेभावरको महिला मन्त्रीज्यू उहाँको नाम मलाई सम्झना भएन् आशा नेपालको बारेमा थाहा पाएर उहाँले मलाई बोलाउनुभयो । परिषद्को सदस्यमा मलाइृ प्रस्ताव गर्नुभयो त्यसबेला सदस्य भएपछि जहाँ पनि जाने मौका पाएको थिएँ, तर त्यस समय जापान जाने बेलामा पनि मलाई पछाडि राखियो ।

अनि मैले उनीहरूलाई ठाडै भनेंः बालबालिबालिकाहरूको बिचमा काम गर्ने म, तिमीहरू किन जान्छौ, मलाई लिएर जाऊ, म त्यस ठाउँमा गएर बोल्छु भनेँ तर मलाई खासै वास्ता गरेका थिएनन् र मन्त्रालयकै कर्मचारी जो जति जानलाई जापानको भिसाको लागि सिफारिस गरेका थिए उनीहरूले भिसा पाएनन, तर मैले अमेरिका, अष्टे«लिया, बेलायतको सबैतिरको भिसा पाएको थिएँ ।

पछिबाट मेरो प्रोफाइल जाँच गरेर मलाई बोलाएर जापानको भिसा दियो । त्यसो गर्दा मैले सरकारी कोटाबाट मन्त्रालयबाट जापान जाने मौका पाएँ । जापानमा म ख्रीष्टियन भएको आधारमा नै मलाई धेरैले विरोध गरे तर मैले सबैलाई हाँसेरै जवाफ दिए । त्यहाँ मैले मेरो कला र शैली देखाएर सबैको मन जितें र सबैले मलाई मानसम्मान इज्जत दिए र पुनः नेपाल फर्किएपश्चात मलाई विदेश भ्रमणका बारेमा जानकारी लिन मन्त्रालय बोलाइयो अनि मलाई त्यतिबेलासम्म पनि प्रायले हेपेर व्यवहार गरिराखेका थिए ।

अनि मैले तिमीहरूले मलाई किन हेप्छौँ, थकाउँछौ, मैले जापानमा गएर तिमीहरूको बेइज्जत गरेर आएको भए भन भनेपछि मेरो स्वभाव र व्यवहार देखेर त्यसपछि मलाई तपाईं समाज कल्याण परिषद्को सदस्य बस्नुस्, यो स्वास्थ्य कोषमा पनि बस्नुस् भने ।

तर म पद भन्दा पनि काम गर्ने मान्छे हुँ । मेरो कार्यअवधि सकेपछि पनि मलाई पछि बोलाइयो त्यती बेला म बाहिर थिए । तर यी सबै अनुभवले धन र पदभन्दा पनि मलाई राम्रो बोली नै सबैभन्दा ठुलो धन जस्तो लाग्छ ।

हजुरलाई समयको लागि धेरै धन्यवाद ।

तपाई र तपाईको मिडियालाई पनि धेरै धन्यवाद ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button