बागमती सरकारका विद्युतीय बस भदौदेखि संचालन, सात वटा रुट तय

बाग्मती प्रदेश सरकारले आगामी भदौबाट प्रदेशका मुख्य सहरमा विद्युतीय बस चलाउने भएको छ ।

विद्युतीय बस सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन गरेको छ ।

मन्त्रालयले बोर्डका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

बोर्डमा कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक दुई जनाको पदपूर्तिका लागि मन्त्रालयले विज्ञापन गरिसकेको छ ।

चार्जिङ स्टेसन निर्माण गर्न र विद्युतीय बस ल्याउन कम्तीमा आठ महिना लाग्ने भएकाले नौ महिनाभित्र विद्युतीय बस चलाउने योजना बनाइएको बोर्डका निमित्त कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग १० करोड रकम माग गरेर पठाएको पनि उनले बताए ।

पहिलो चरणमा प्रदेशका मुख्य सहर धुलिखेल, भरतपुर, काठमाडौं उपत्यका, हेटौंडा, नुवाकोट र सिन्धुलीमा विद्युतीय बस सञ्चालनका लागि सात वटा रुट तय गरिएको छ ।

जसमा काठमाडौंको रिङरोड, बूढानीलकण्ठ–सातदोबाटो, चितवन–हेटौंडा, काठमाडौं–नुवाकोट, नुवाकोट–हेटौंडा, धुलिखेल–काठमाडौं, हेटौंडा–सिन्धुली, काठमाडौं–चितवन–हेटौंडालगायत छन् ।

मन्त्रालयले चार्जिङ स्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रदेशका १ सय १९ तहलाई नै आह्वान गरेको थियो ।

यसअनुसार भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, गल्छी गाउँपालिका, कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिकालगायत आठ पालिकाले जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा पेस गरिसकेका छन् ।

नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तह र वाग्मती प्रदेश सरकारले संयुक्त रूपमा चार्जिङ स्टेसन निर्माण थाल्ने तयारी गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button