भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४३ हजार नाघ्यो

काठमाडौं । भारतमा एकैदिन ३० हजार ३ सय ५४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख ५७ हजार ३ सय ८० पुगेको छ । त्यस्तै भारतमा एकैदिन ३ सय ९३ जनाको मृत्यु भएको छ ।
यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४३ हजार ५५ पुगेको छ । भारतमा ९३ लाख ५६ हजार ८ सय ९ जना संक्रमण मुक्त भएका छन् ।