नारायणकाजी विरुद्ध अनर्गल प्रचार भएकोमा प्रचण्डद्वारा निन्दा

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक पुस १ गतेसम्मलाई स्थगित भएको छ।

पार्टी कार्यालय धुम्बराहीमा आज दिउसो बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो।

आजको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको चरित्र हत्या हुने गरि भएका प्रचारको निन्दा गरेका थिए। त्यसविषयमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने केही बोलेनन् ।

आजको बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको भनाई उदृत गर्दै भने, ‘अध्यक्ष प्रचण्डले कमान सिंह लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावर सम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गर्नुभएको छ।’ दाहालले बैठकमा भनेका थिए,’प्रवक्ता कमरेडले मिल्नुस् भन्नेबाहेक अरु केही देखिँदैन,’

नेकपाका नेताहरु लामाको व्यवसायिक गतिविधिमा प्रवक्ता श्रेष्ठको नाम जोडिएको विषयमा विभाजित छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button