बैतडीमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन

बैतडीमा राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ।

बैतडीको सदरमुकामस्थित शाहिलेकबाट गोठलापानी हुदैं गढीसम्म आज र्यालीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी र शिवसेनाले राजसंस्था र हिन्दु राज्य माग्दै प्रदर्शन गरेको हो।

नेपाललाई सनातन हिन्दु राज्य कामय गर, राष्ट्रिय एकताको अखण्डता र संवैधानिक राज संस्था हाम्रो मान्यता, राष्टिय विभूतिहरूको सम्मान, सम्पूर्ण नेपालीको स्वाभिमान भन्दै प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा राप्रपाका केन्दीय सदस्य हेमबाबु लेखकलगायतको उपस्थिती रहेको थियो ।

गणतन्त्रपछिका सरकारले भ्रष्टाचार र बेथिती बढाएको, सघियता नेपालको लागि सुहाउदो नभएको प्रदर्शनकारीको भनाई रहेको थियो ।

देशमा भइरहेको लुटतन्त्र लगायतका अन्य अनैतिक क्रियाकलापको कारणले गर्दा देशमा आतकं मच्चिरहेको उनीहरुको भनाई छ।

नेपाली जनताहरु अहिलेको शासन व्यवस्था भन्दा राजा आएकै राम्रो हुने पक्षमा रहेको प्रदर्शनकारीको भनाई छ।

उनीहरूले ‘राजा आउ देश बचाउ, हिन्दु राज्य कायम गर’ लगायतका राजतन्त्रको
पक्षमा नारावाजी समेत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button